
काठमाडौं, असार ११ :

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा दाहाल सहभागी भएका हुन् ।
शीर्ष नेताहरु संसद र समितिको बैठकमा कमै मात्र सहभागी हुने गरेका छन् । बैठकमा दाहालसँगै गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानवीर राई पनि सहभागी छन् ।