बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

गृहमन्त्री लेखकको दाबी- नागरिकता विधेयक असार १४ गते पास हुन्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ असार, २०८२ मा प्रकाशित
गृहमन्त्री लेखकको दाबी- नागरिकता विधेयक असार १४ गते पास हुन्छ
काठमाडौं, असार ११ :

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गते प्रतिनिधि सभाबाट पारित हुने स्पष्ट गरेका छन्।  राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री लेखकले विधेयक  छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने बताए ।

उनले भने, ‘नेपाल नागरिकता विधेयक १४ गते सम्मानित प्रतिनिधि सभामा पेस हुँदैछ। त्यसलाई १४ गते नै पास गर्छौं।’

गृहमन्त्रीले नागरिकताको विषयलाई यथाशीघ्र टुंगोमा पुर्‍याउनुपर्ने धारणा राख्दै, यो महिनाभित्रै विधेयक पारित गर्ने सम्भावना रहेको जनाए। समितिले छोटो समयमा छलफल गरेर विधेयक टुंगोमा पुर्‍याएको उल्लेख गर्दै, अब संसदबाट पारित गर्ने तयारी रहेको छ।

त्यसैगरी गृहमन्त्री लेखकले नेपाल प्रहरीसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्र समितिबाट पारित गरेर संसदमा पेस गर्ने वातावरण बनाउन आग्रह गरे। उक्त विधेयकमाथि समितिमा बुधबारदेखि सैद्धान्तिक छलफल सुरु भएको छ। उनले प्रहरीसम्बन्धी विधेयक सरकारको प्राथमिकतामा रहेको पनि स्पष्ट पारे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार