काठमाडौं, असार ११ :

साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से ०.३३ अंकले घटेर २६००.२० अंकमा झरेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.०५ अंकले घटेर ४४५.११ अंकमा पुगेको छ ।

नेप्सेमा बुधबार ३११ कम्पनीको ६१ हजार ८२४ पटकको कारोबारमा एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम पाँच अर्ब ९४ करोड २८ लाख ५२ हजार २५६ रुपैयाँ पुग्यो ।

नेप्सेमा आज कारोबार भएका १३ समूहमध्ये ६ वटाको सूचक बढ्दा बाँकी सबैका सूचक घटे ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा मोदी इनर्जी लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा जोशी हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा बुटवल पावर कम्पनी पहिलो स्थानमा परेको छ । बुटवल पावरको अन्तिम कारोबार मूल्य ८४२ रुपैयाँ कायम रह्यो ।