शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
अर्थतन्त्र सेयर बजार

खुम्चिएको सेयर बजारमा झन्डै ६ अर्बको कारोबार

नेप्सेमा बुधबार बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा मोदी इनर्जी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा जोशी हाइड्रोपावर कम्पनी लिमिटेड पर्‍यो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ असार, २०८२ मा प्रकाशित
खुम्चिएको सेयर बजारमा झन्डै ६ अर्बको कारोबार
काठमाडौं, असार ११ :

साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से ०.३३ अंकले घटेर २६००.२० अंकमा झरेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.०५ अंकले घटेर ४४५.११ अंकमा पुगेको छ ।

नेप्सेमा बुधबार ३११ कम्पनीको ६१ हजार ८२४ पटकको कारोबारमा एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम पाँच अर्ब ९४ करोड २८ लाख ५२ हजार २५६ रुपैयाँ पुग्यो ।

नेप्सेमा आज कारोबार भएका १३ समूहमध्ये ६ वटाको सूचक बढ्दा बाँकी सबैका सूचक घटे ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा मोदी इनर्जी लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा जोशी हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा बुटवल पावर कम्पनी पहिलो स्थानमा परेको छ । बुटवल पावरको अन्तिम कारोबार मूल्य ८४२ रुपैयाँ कायम रह्यो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार