धादिङ, असार १२ :

पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा बीस वर्षपछि पुन पहिरो जान सुरु भएको छ । पहिरो रोकथाम गरेकै स्थानमा फेरि पहिरो खस्न थालेको हो ।

करिव असी मीटर क्षेत्रमा पहिरो जान सुरु गरेकोले सो क्षेत्रमा अहिले  माईक्रो पाइलिङ्ग प्रविधिबाट पहिरो रोकथामको काम भईरहेको छ । यो प्रविधिबाट फलामे बिम राखि सकिएको भएपनि रक याङ्करीङ्गका लागि भारतबाट फलामे डण्डी ल्याउनु पर्ने भएकोले काममा केही ढिलाई भएको सडक विभागले जनाएको छ ।  

सडक भासिँदा एकतर्फी रुपमा मात्रै सवरी आवागमन भईरहेको छ ।अहिले कृष्ण भिरमा पहिरो रोकथामका लागि पहिलो चरणको काम भैरहेको छ ।  असार महिनामै पहिलो चरणको काम सम्पन्न गर्ने गरी काम भईरहेको प्राविधिकहरुको भनाइ छ । काम सकिएसँगै अब कृष्ण भिरमा पहिरो जान रोकिने विज्ञहरुले बताएका छन् ।

बर्षा सुरु भएसंगै पानी पर्ने क्रम सुरु भएकोले पहिरो जान सक्ने हुनाले काम तीव्र रुपमा सम्पन्न गर्न धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले निर्देशन दिनुभएको छ ।