काठमाडौं, असार १२ :

राष्ट्रिय सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहीबार बस्ने भएको छ ।

दिउँसो सवा १ बजे बस्ने बैठकमा सांसद् जगप्रसाद शर्माले खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्नेसम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन् ।

यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा नियमावली २०७५ को नियम १३३ (क) को उपनियम २ बमोजिम विनियोजन विधेयक २०८२ सभासमक्ष पेस गर्ने कार्यसूचीसमेत रहेको संसद् सचिवालका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।