सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
प्रदेश मधेस प्रदेश

मधेस प्रदेश सभामा बजेटमाथिको विवाद के हो ? छलफल स्थगित

विपक्षी दलले गरे बहिष्कारको घोषणा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ असार, २०८२ मा प्रकाशित
मधेस प्रदेश सभामा बजेटमाथिको विवाद के हो ? छलफल स्थगित
जनकपुर, असार १२ :

मधेस प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफल अनिश्चितकालका लागि स्थगित भएको छ।  बिहीबार दिउँसो १ बजे बैठक बस्ने तय भए पनि सभामुख रामचन्द्र मण्डलले १२ बजे नै सूचना जारी गरेर बैठक स्थगित गरेका हुन्।

यस कदमको विपक्षी दलहरूले आलोचना गरेका छन्। जसपा, माओवादी, एकीकृत समाजवादी, राप्रपा र संघीय समाजवादी पार्टीले अबको बजेट छलफल बहिष्कार गर्ने तयारी गरेका थिए। उनीहरूले सभामुख सरकारको दबाबमा चलेको आरोप लगाएका छन्।

बुधबार छलफल सुरु भए पनि दुई सांसदबाहेक अरू सहभागी नभएको र रेडबुक अध्ययन नगरेको भन्दै सभामुखले बैठक छोट्याएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार