सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
समाचार

दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ र सुब्बासँग विशेष अदालतले जनही २५ हजार धरौटी माग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ असार, २०८२ मा प्रकाशित
दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ र सुब्बासँग विशेष अदालतले जनही २५ हजार धरौटी माग्यो
काठमाडौं, असार १२ :

विशेष अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।

अदालतमा आजै भएको बयानपछि विशेष अदालतको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। इजलासमा अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा, तथा विदुर कोइराला सहभागी थिए।

यसअघि अदालतले दृष्टि न्युज अनलाइनमा प्रकाशित एक समाचार नहटाउन र परिमार्जन नगर्न आदेश दिएको थियो। तर, उक्त निर्देशन पालना नगरेको आरोपमा अदालतको अवहेलना मुद्दा दर्ता भएको हो।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार