शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ र दृष्टि न्यूज डट कमका सम्पादक सुब्बा धरौटीमा रिहा

· बिहीबार, १२ असार, २०८२ मा प्रकाशित
दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ र दृष्टि न्यूज डट कमका सम्पादक सुब्बा धरौटीमा रिहा
काठमाडौं, असार १२ :

दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डट कमका सम्पादक एमपी सुब्बा धरौटीमा रिहा भएका छन् ।

समाचार प्रकाशन गरेका कारण अदालतको अवहेलना मुद्दामा आज थुनछेक बहसपछि विशेष अदालतले उनीहरुलाई जनही रु २५ हजार धरौटीमा छोड्न आदेश दिइएको हो । दुवै जना धरौटी बुझाएर रिहा भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले दुवै जनाको बयान र थुनछेक बहसपछि छोड्न आदेश दिएको हो ।

दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गरेका थिए ।

वादीको तर्फबाट विशेष अदालत बार एशोसिएशनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बञ्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गरेका थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार