शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

रास्वपाले आजबाट हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्क सञ्चालन गर्दै

· शुक्रबार, १३ असार, २०८२ मा प्रकाशित
रास्वपाले आजबाट हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्क सञ्चालन गर्दै
काठमाडौं, असार १३ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काठमाडौं उपत्यकाका मुख्य १४ ठाउँमा आजबाट हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्क सञ्चालन गर्दैछ।

आज बिहान १० बजे कलंकीबाट शीर्ष नेताहरूको उपस्थितिमा ऐक्यबद्धता डेस्क शुभारम्भ हुँदैछ। 

कलंकी सहित नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, लगनखेल, जावलाखेल लगायत १४ वटा स्थानमा हस्ताक्षर अभियानका लागि  ऐक्यबद्धता डेस्क राखिने सो पार्टीले जनाएको छ ।

रास्वपाले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा सभापति रवि लामिछाने विरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको हो ।

स्थापना दिवसको दिन बिहानै बसेको केन्द्रीय समिति बैठकले सभापति रविमाथिको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर अभियान चलाउने निर्णय गरे संगै सोही दिन  पार्टीले माइतीघर मण्डलाबाट दिउँसो औपचारिक रूपमा अभियान सुरु गरेको हो ।

सभापति रविले न्याय नपाएसम्म अभियान चलाउने रास्वपाको योजना रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार