
काठमाडौं, असार १३ :
राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । आज बस्ने बैठकले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा कहिले सार्वजनिक गर्ने भन्ने निर्णय गर्नेछ ।
एसईईको नतिजा आज साँझ ५ बजे आउने भने बाहिर चर्चा भइरहेका बेला बोर्ड बैठक बस्न लागेको हो । बैठक कति बजे बस्ने भन्ने तय नभए पनि आजै बसेर निर्णय हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
यो वर्ष शिक्षकहरुको आन्दोलनले उत्तरपुस्तिका जाँचमा ढिलाइ भएको थियो । पछि सरकारले आन्दोलनरत शिक्षकहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उत्तरपुस्तिका जाँच सुरु भएको थियो ।
यस वर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए ।