
काठमाडौं, असार १३ :
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा संसद्मा पेस हुने विधेयक, विभिन्न नियुक्ति, प्रधानमन्त्रीको स्पेन भ्रमणलगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्रीको भ्रमण यसअघि बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।
प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदै छन् । त्यसअघि उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।