आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

काठमाडौं भ्यु टावरका ठेकेदार मनोज भेटवाल पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ असार, २०८२ मा प्रकाशित
काठमाडौं भ्यु टावरका ठेकेदार मनोज भेटवाल पक्राउ
काठमाडौं, असार १३ :

पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यु टावर निर्माण गरिरहेका व्यवसायी एवं ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् ।

शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोड रुपैयाँको बैंकिङ कसुर (चेक बाउन्स) को जाहेरी दर्ता भएपछि उनी पक्राउ परेको बुझिएको छ ।

यसअघि उनी २०७९ फागुन १० गते पनि ३ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार