
काठमाडौं, असार १३ :
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन हुने भएको छ ।
परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार नतिजा साँझ ६ बजे प्रकाशन हुँदै छ ।
त्यसअघि बोर्ड बैठक बसेको थियो । कुनै प्राविधिक समस्या नभए आजै नतिजा प्रकाशन हुने भट्टराईको भनाइ छ ।
यसपालिको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।