उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयअनुसार, जसपाले प्रदेश स्तरबाट पनि समर्थन फिर्ता लिन थालेको हो । सोही निर्णयअनुसार लुम्बिनी प्रदेशमा वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रूपमा शुक्रबार फिर्ता लिएको जसपाले जनाएको छ ।
जसपाको लुम्बिनी प्रदेशमा एकजना प्रदेशसभा सदस्य मात्र छन् । जसपा नेपालको संसदीय दल नेता अम्बिका काफ्लेले शुक्रबार प्रदेशसभामा संविधानको धारा १८८ को उपधारा २ अनुसार लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रमार्फत प्रदेशसभालाई जानकारी गराएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले बताए । समर्थन फिर्ताको पत्र प्रदेशसभामा दर्ता भएको छ ।
काफ्ले समानुपातिक सांसद हुन् । चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, नेपाली कांग्रेस, नागरिक उन्मुक्ति, जनमत, लोसपालगायतले समर्थन गरेका थिए । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि कुनै असर नपर्ने जनाइएको छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, जसपाका २, लोसपाका ३, जनमतका ३ सदस्य सरकारको समर्थनमा छन् ।
विपक्षमा माओवादीका १०, राप्रपाका ३, नेकपा समाजवादी, जनमोर्चा र जसपाका १/१ सदस्य छन् । जनमत पार्टीकी सदस्य गीता गुरुङ भने पदमुक्त भएकी छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद् महर्जन
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान