शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

· शनिबार, १४ असार, २०८२ मा प्रकाशित
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं, असार १४ :

संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।

आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरूलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुहुने ‘ आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ ।

यस्तै ‘ नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पातिर गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउनुहुने सम्भावित कार्यक्रम छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणमा जाँदै हुनुहुन्छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार