
सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान साढे १० बजे छलफलका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य सचेतकहरूलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक परेकाले रास्वपाका प्रमुख सचेतक छलफलमा सहभागी हुनेछैनन् ।
सभामुख घिमिरेले रास्वपाका प्रमुख सचेतकसँग बैठकपछि छुट्टै छलफल गर्ने तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । आज बिहान ११ बजे संसद सचिवालयको बेठक बस्दैछ।
आजको बैठकका लागि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुहुने आर्थिक विधेयक, २०८२ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने लगायतका कार्यसुची तय गरिएको छ ।
रस्वपा र राप्रपाले भिजिट भिषा प्रकरणलाई लिएर संसद अवरोध गर्दै आएका छन् ।