
सिन्धुपाल्चोक, असार १४ :
सिन्धुपाल्चोकको तीपेनीमा काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा आठजना घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये चालकको अवस्था भने चिन्ताजनक छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सबैलाई मेलम्ची नगर अस्पतालमा उपचारका लागि लगिएको छ। बागमती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको मेलम्ची पारीतर्फको यात्रुवाहक बस तीपेनीमा दुर्घटनामा परेको हो। बसमा करिब ८ जना सवार थिए।
घाइते हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका–६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योती, भोताङकी पेमा लामा, नोर्कि तामाङ, चालक महेश्वर ढकाल, विनायक ढकाल र धापका रामचन्द्र पौडेल छन्।