शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति

पुनः एमालेमा जोडिँदै राजनीतिमा सक्रिय हुने पूर्वराष्ट्रपति भण्डारीको उद्घोष, भन्छिन्- राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन

‘राजनीतिमा फर्किए पनि आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा छैन’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ असार, २०८२ मा प्रकाशित
पुनः एमालेमा जोडिँदै राजनीतिमा सक्रिय हुने पूर्वराष्ट्रपति भण्डारीको उद्घोष, भन्छिन्- राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन
काठमाडाैं, असार १४ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पुनः सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन् । उनले नेकपा (एमाले) को सदस्यता नवीकरण गरिसकेको जानकारी दिँदै अबको राजनीतिक यात्रा एमालेमै रहँदै अघि बढाउने पनि बताएकी छिन् ।

काठमाडौंमा शनिबार मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘जबजका तीन दशक’ विचार गोष्ठीमा भण्डारीले भनिन्, ‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु।’

पूर्वराष्ट्रपतिको यस्तो घोषणापछि कार्यक्रमस्थलमा सहभागी एमाले नेता, कार्यकर्ता तथा समर्थकले ताली र नारासहित स्वागत गरेका थिए। उनले भने, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।’

राजनीतिमा फर्किए पनि आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा भने नभएको स्पष्ट पार्दै उनले राष्ट्र र जनताको हितलाई नै आफ्नो लक्ष्य र उद्देश्य भएको बताइन्। ‘जननेताले भन्नुभएको थियो— ‘राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन’, आज म उहाँका त्यही भनाइहरू सम्झिँदै यहाँ उल्लेख गर्दैछु,’ भण्डारीको भनाइ थियो।

भण्डारी २०७२ सालमा पहिलो महिला राष्ट्रपति बनेकी थिइन् र २०७५ मा दोस्रो कार्यकाल पूरा गरेपछि पार्टीभन्दा बाहिर निष्क्रिय जस्तै रहिएकी थिइन्। तर पछिल्लो समय उनी एमाले निकट कार्यक्रमहरूमा देखिँदै आएकी थिइन्, जसलाई विश्लेषकहरूले पार्टीमा फर्कने संकेतको रूपमा लिँदै आएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार