
काठमाडौं, असार १५ :
नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि शुक्रबार तोलामा एक लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार पनि सोही मूल्यमा कायम भएको हो ।
यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा २१ सय ६५ रुपैयाँ रहेकामा आइतबार पनि सोही मूल्यमा यथावत् रहेको महासंघले जनाएको छ ।
