सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

सभामुखद्वारा सदनको गतिरोध अन्त्यको प्रयास, ५ दलका सचेतकसँग छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ असार, २०८२ मा प्रकाशित
सभामुखद्वारा सदनको गतिरोध अन्त्यको प्रयास, ५ दलका सचेतकसँग छलफल
काठमाडौं, असार १५ :

सभामुख देवराज घिमिरेले आइतबार पनि प्रमुख पाँच दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् ।

सदनको गतिरोध अन्त्यको प्रयास स्वरुपसभामुख घिमिरेले दलहरुबीच छलफल गरेका हुन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी छलफलमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलसहित प्रमुख पाँच दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकहरु सहभागी भएको घिमिरेको सचिवालयले जनाएको छ ।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताहरु सहभागी छन् ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेबाट संसद् अवरोध गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार