
धादिङ, भदौ २५ :
वर्षासँगै आएको लोदो सहितको पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्ड अवरुद्ध भएको छ ।
आज दिउसो परेको अविरल वर्षासँगैको पहिरोका कारण राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक खण्डमा सवारी आवागमन ठप्प भएको हो ।
सडक खुलाउन पाँच देखी सात घण्टा लाग्ने अनुमान गरिएको छ । मुग्लिनबाट काठमाडौँ प्रवेशका लागी आएको एउटा स्कारपियो जिप समेत पहिरो र गेग्य्रानको बिचमा अडकिएको छ ।
अहिले राजधानीबाट बाहिरिने र भित्रिने सवारीका साधनहरू सडकमा नै रोकिएका छन् भने खुलाउने प्रयास जारी रहेको खानीखोला प्रहरीले जनाएको छ ।
पहिरो धुनीबेँसी नगरपालिका स्थित खत्री पौवा नजिकै सुरूङ्ग मार्गमा खसेको हो ।