काठमाडौं, असार १५ :

साता पहिलो कारोबार दिन आइतबार सेयरबजार दोहोरो अंकले बढेको छ । नेप्से २६.५३ अंकले बढेर २,६२२.२८ अंकमा झरेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४.७० अंकले बढेर ४४८.६० अंकमा चढेको छ ।

नेप्सेमा आज ३२८ वटा कम्पनीको ७४ हजार ७५२ पटकको कारोबारमा एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच भए । जसकारण कुल कारोबार रकम सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँ पुग्यो । आइतबार १८५ वटा कम्पनीको सेयरको मूल्य बढ्दा ६३ वटाको घट्यो ।

साथै नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा उत्पादनमूलक समूहको सूचक ३९.४५ अंकले घटेर ६,९५६.८९ अंकमा झर्‍यो भने बाँकी सबै समूहका सूचकमा हरियाली देखियो ।    

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा जोशी हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा साहस ऊर्जा लिमिटेड परेको छ । सहासको अन्तिम कारोबार मूल्य ५९५ रुपैयाँ कायम रह्यो ।