काठमाडौं, असार १६ :

पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ ।

उनको ८७ वर्षको उमेरमा आइतबार निधन भएको हो । चितवनदेखि काठमाडौं उपचारका लागि जाने क्रममा कँडेलको निधन भएको नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले जानकारी दिए ।

२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका कँडेलका दुई छोरा र एक छोरी छन् । कँडेल लामो समयदेखि मुटुको रोगबाट पीडित थिए ।

कँडेलले २०३७ सालदेखि २०४८ सालसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको नेतृत्व गरेका थिए । हाल उनी ज्येष्ठ राजनीतिज्ञ सभाका केन्द्रीय सदस्य थिए । -रासस