
अमेरिकाको पश्चिमी राज्य आइडाहोको एक पहाडी समुदायमा दुई जनाको गोली हानी हत्या गरिएको छ।
मारिनेमा झाडीमा लागेको आगो निभाउन गएका व्यक्तिहरु भएको अधिकारीहरूले बताएका छन् । धेरैजना अग्निनियन्त्रकहरू माथि आक्रमण गरिएको गभर्नर ब्राड लिटलले सामाजिक संजालमा पोष्ट गर्दै भनेछन् ।
शेरिफ रोबर्ट नोरिसले भनेका छन्,"यदि यिनीहरूलाई चाँडै नियन्त्रणमा लिइएन भने यो सम्भवत धेरै दिनसम्म चल्ने अभियान हुन सक्छ।"
कति जना आक्रमणकारी थिए भन्ने कुरा अझै स्पष्ट भएको छैन। आक्रमणपछि अस्पताल लगिएको एकजना अग्नि नियन्त्रकको अपरेशन गरिएको अधिकारीहरले बताएका छन् ।
अमेरिकाका र क्यानडाका अग्निनियन्त्रक र आपतकालीन स्वास्थ्यकर्मीहरूको श्रमिक संघ अन्तर्राष्ट्रिय अग्निनियन्त्रक संघ (IAFF) ले सामाजिक संजालमा लेख्दै
दुईजनालाई एक स्नाइपरले गोली हानी हत्या गरेको र गम्भीर एक जनालाई अपरेशन गर्नुपरेको जनाएको छ ।