
काठमाडौं, असार १६ :
मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । आज (सोमबार) बिहान ८:३९ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि हिजो (आइतबार) दिउँसो २:३४ बजे पनि मुगुकै जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।