आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद

‘शारीरिक सुगठन खेललाई राज्यले प्राथमिकतामा राख्नुपर्छ’

माओवादी अध्यक्ष दाहालद्वारा दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीहरूलाई बधाई
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ असार, २०८२ मा प्रकाशित
‘शारीरिक सुगठन खेललाई राज्यले प्राथमिकतामा राख्नुपर्छ’
काठमाडौं, असार १६ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भुटानको थिम्पुमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई दिएका छन् ।

उनले विशेषगरी महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी उर्मिला श्रेष्ठको प्रशंसा गर्दै समग्र टिम नेपालको उत्कृष्ट प्रदर्शनप्रति खुसी जनाए । ‘खेल त्यसमा पनि शारीरिक सुगठन खेल राज्यको नजरमा कम पर्ने गरेको छ । अब राज्यले यस क्षेत्रलाई प्राथमिकतामा राखी थप सहयोग गर्नुपर्छ । म मेरो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँछु ।’

प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हात पारेको छ । ५५ केजी तौल समूहमा शरद सुवालले रजत पदक जितेका छन् । महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक, शिला ठकुरीले रजत पदक जितेर नेपालको झन्डा फहराएका छन् । उक्त समूहमा भारतकी सारा कांस्य पदक विजेता बनेकी छन् ।

त्यसैगरी पुरुष स्पोर्ट्स फिजिक १७५ सेमिमुनिको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जितेका छन् । पुरुष स्पोर्ट्स फिजिक १७५ सेमिमाथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौं स्थान हासिल गरेका छन् ।

अध्यक्ष दाहालले नेपाली खेलाडीहरूको मिहिनेत र समर्पणको खुलेर प्रशंसा गर्दै आगामी दिनमा शारीरिक सुगठनजस्ता खेलहरूलाई समेत राज्यले आवश्यक सम्मान र स्रोत-साधन उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार