नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो (आइतबार) एक लाख ८८ हजार ४०० रुपैयाँ प्रतितोला रहेको सूनको मूल्य आज भने एक लाख ८८ हजार १०० रुपैयाँ कायम छ । महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
यसैगरी महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ। सोमबार चाँदी प्रतितोला २१ सय ५० रुपैयाँ कायम छ । हिजो आइतबार चाँदी प्रतितोला २१ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।