बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
अर्थतन्त्र सेयर बजार

९ अंकले नेप्से बढ्यो, ६ अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ असार, २०८२ मा प्रकाशित
९ अंकले नेप्से बढ्यो, ६ अर्बको कारोबार
काठमाडौं, असार १६ :

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ९.१९ अंकले बढेको छ । योसँगै नेप्से २,६३१.४८ अंकमा पुगेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.९५ अंकले बढेर ४५०.५६ अंकमा चढेको छ ।

नेप्सेमा आज ३१८ वटा कम्पनीको ६३ हजार ३७१ पटकको कारोबारमा एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर किनबेच भए । जसकारण कुल कारोबार रकम ६ अर्ब ३८ करोड ७२ लाख सात हजार १५ रुपैयाँ पुग्यो । सोमबार १४५ वटा कम्पनीको सेयरको मूल्य बढ्दा १०३ वटाको घट्यो ।

साथै नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत् र अन्य समूहको सूचक घट्यो भने बाँकी सबै समूहका सूचक हरियाली बने ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा साहस ऊर्जा लिमिटेड परेको छ । सहासको अन्तिम कारोबार मूल्य ५९० रुपैयाँ कायम रह्यो । साताको पहिलो कारोबार दिन हिजो (आइतबार) पनि नेप्सेमा सबैभन्दा बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा साहस ऊर्जा लिमिटेड नै परेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार