काठमाडौं, असार १६ :

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद र २७ करोडभन्दा बढी जरिवाना तोकिएको छ ।

विशेष अदालतको इजलासले बस्नेतमाथि १३ करोडभन्दा बढी बिगो देखाउँदै ३ वर्ष कैद र २६ करोड २५ लाख रुपैयाँभन्दा बढी जरिवाना तोकेको हो। राष्ट्रसेवक भएकाले अतिरिक्त ३ महिना १० दिन कैद थप गरिएको छ ।

त्यस्तै, पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र तिनका अध्यक्ष राजुप्रसाद कँडेलसमेतलाई पीडित राहत कोषमा क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरिएको छ ।

कँडेललाई पनि ८ वर्ष कैद सजाय तोकिएको छ। उनीहरूद्वारा ९ करोड २२ लाख रुपैयाँभन्दा बढी घूस लेनदेन गरिएको ठहर गरिएको छ। बस्नेत नेपाली कांग्रेसबाट लगातार दुई कार्यकाल मेयर निर्वाचित भएका थिए ।