शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली #‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली
अर्थतन्त्र कर्पोरेट

पेट्रोलमा ५, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले बढ्यो

एलपी ग्यासको मूल्य यथावत्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ असार, २०८२ मा प्रकाशित
पेट्रोलमा ५, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले बढ्यो
काठमाडाैं, असार १६ :

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ। 

सोमबार साँझ विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको जनाएको छ। नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ ५० पैसा तोकिएको छ। निगमका अनुसार एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् राखिएको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. ७.६४, डिजेलमा रु. ९.१३ र हवाई इन्धनमा रु. ६.८८ ले मूल्य बढेको हो। यद्यपि निगमले खुद्रा मूल्यमा त्यसअनुसार पूर्ण समायोजन नगरी सीमित वृद्धिमात्रै गरेको जनाएको छ।
 

 

Petrol increased by Rs 5, diesel and kerosene by Rs 4 per litre

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार