
साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से २८.९१ अंकले बढेको छ । हिजो (सोमबार) पनि सेयर बजार ९.१९ अंकले बढेको थियो । योसँगै नेप्से २,६६०.३९ अंकमा पुगेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ६.१९ अंकले बढेर ४५६.७५ अंकमा चढेको छ ।
नेप्सेमा आज ३०९ वटा कम्पनीको ७० हजार २१४ पटकको कारोबारमा एक करोड ५७ लाख ६४ हजार एक कित्ता सेयर किनबेच भए । जसकारण कुल कारोबार रकम ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँ पुग्यो । मंगलबार २१७ वटा कम्पनीको सेयरको मूल्य बढ्दा ३१ वटाको घट्यो ।
साथै नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा निर्माण र व्यापार समूहको सूचक घट्यो भने बाँकी सबै समूहका सूचक हरियाली बने ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा युनिलिभर नेपाल लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड परेको छ । एनआरएन इन्फ्रास्ट्रक्चरको अन्तिम कारोबार मूल्य २,१७३ रुपैयाँ कायम रह्यो ।