शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार कृषि

विश्वका बहुराष्ट्रिय कम्पनीलाई परराष्ट्रमन्त्रीको आग्रह- नेपालको कृषि क्षेत्रमा लगानी गरौं

कृषिमा एआईको प्रयोग, खेती गर्न ड्रोन प्रयोग गरी आधुनिकीकरण र वैज्ञानिकीकरणका साथ आकर्षक बनाउन नेपाल सरकार जुटेको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १७ असार, २०८२ मा प्रकाशित
विश्वका बहुराष्ट्रिय कम्पनीलाई परराष्ट्रमन्त्रीको आग्रह- नेपालको कृषि क्षेत्रमा लगानी गरौं
रोम, असार १७ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गरेकी छन् ।

राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औं महासभाअन्तर्गत आज आयोजित कृषि तथा खाद्य प्रणाली सम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरुमार्फत विश्व बजारबाट लाभ लिन आग्रह गरिन् ।

‘कृषिमा निजी क्षेत्रको संलग्नता बढाउने सरकारको नीतिबमोजिम ठुला निजी कम्पनीहरूले कृषिमा लगानी गर्न थालेका पनि छन्,’ उनले भनिन्, ‘ठुलो लगानी तथा कृषिमा आधुनिकीकरणको अभावमा पर्याप्त सम्भावनाका बाबजुत पनि नेपालले बृहत मात्रामा कृषि उपजहरु निर्यात गर्न सकिरहेको छैन । हामीलाई यस क्षेत्रमा ठुलो वैदेशिक लगानीको आवश्यकता छ ।’

राणाले अन्तर्राष्ट्रिय सहयोग एवं सहकार्यबाट कृषि क्षेत्रलाई नवप्रवर्तन, कृषिमा एआईको प्रयोग, खेती गर्न ड्रोन आदि प्रविधिको प्रयोग गरी कृषिमा आधुनिकीकरण र वैज्ञानिकीकरणका साथ आकर्षक बनाउन नेपाल सरकार लागिपरेको बताइन् ।

उनले नेपालमा कृषि पेस गर्ने व्यक्ति अर्थात् किसानलाई अहिले पनि हेय दृष्टिले हेर्ने गरिएकाले यस क्षेत्रको आधुनिकीकरण गरी समयानुकूल विकास गरेर निर्यातमुखी बनाउन नसकिएको बताइन् । कृषिलाई मर्यादित र आकर्षक पेसा बनाउनुपर्ने उनको धारणा थियो ।

संसद्‌को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पूर्वसभापतिसमेत रहेकी राणाले भनिन्, ‘कृषकहरुको सामाजिक छवि अहिले पनि बदल्न सकिएको छैन । म कृषि समितिको सभापति बन्दा पनि कतिपयले किन यो समिति रोजेको पनि भनेको सम्झना छ । तर मैले नै सो समिति रोजेकी थिएँ ।’

नेपालको ८३ प्रतिशत भूभाग पहाड वा हिमाली क्षेत्र रहेको र जहाँ अधिकांश जमिन स-साना टुक्रामा अवस्थित रहेकाले पनि कृषि कार्य अत्यन्त कठिन रहेको भए पनि यसलाई लामो समयदेखि आत्मनिर्भर अर्थतन्त्र र गरिबीसँग जोडिएको राणाको भनाइ छ ।

नेपालको अर्थतन्त्रमा सबैभन्दा ठुलो आयस्रोत बनेको विप्रेषणले नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ३५ प्रतिशत योगदान रहेको र कृषिको योगदान दोस्रो स्थानमा अर्थात् करिब २३ प्रतिशत रहेको बताउँदै उनले कृषि क्षेत्र अझै पनि ८० प्रतिशत जनसंख्याको रोजगारीको माध्यम बनेको चर्चा गरिन् ।

पछिल्लो समय जलवायुजन्य दुष्प्रभावका कारण कृषि क्षेत्रमा नराम्रो प्रभाव पर्दै गएको र नेपालका लागि यो गम्भीर चिन्ताको विषय भएको राणाले बताइन् । गाउँगाउँमा युवा र पुरुष वर्गको अनुपस्थितिका कारण खेतीमा जंगली जनावरहरुको आक्रमण बढ्दा किसानहरु मर्कामा पर्नुका साथै मानव वन्यजन्तुबीच द्वन्द्व पनि बढेको उनले उल्लेख गरिन् । राणाले कृषिलाई शिक्षा, पोषण र स्वास्थ्यसँग समन्वय गरेर अघि बढाउने प्रयास सफल भइरहेको पनि स्पष्ट गरिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार