
फाइल तस्बिर ।
ताप्लेजुङ, असार १८ :
ताप्लेजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । एकजनाको अवस्था सिकिस्त छ ।
ताप्लेजुङको सिदिङबा गाउँपालिका ३, खिर्लाबोटेमा गएराति करिब १ बजेतिर आएको पहिरोले हस्तबहादुर कटुवालको घर पुरिएको हो ।
पहिरोले हस्तबहादुरकी ६० वर्षीया पत्नी ठगमाया सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिरोमा परेर घाइते भएका हस्तबहादुर, उनका जेठा छोरा जगत, बुहारी सरस्वता र छोरी सम्झनाको अवस्था भने सामान्य छ ।