काठमाडौं, असार १८ :

सर्वोच्च अदालतले  संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको फैसला आज सुनाउँदैछ ।

५२ जना संवैधानिक पदाधिकारी नियुक्ति विरुद्ध २०७७ माघ र २०७८ असार गरी दुई चरणमा १५ वटा रिट दायर गरिएको थियो । ती रिटमाथिको  सुनुवाइ गत जेठ १ गते  सकिएको थियो ।

सुनुवाइ सकिएपछि गत जेठ २८ गते निर्णय सुनाउने मिति तय भएपनि  त्यस दिन अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखिएको थियो । त्यसपछि  न्यायाधीशहरु छलफलमा जुटेका थिए ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीबिच ६ घण्टा लामो छलफल भए पनि निर्णय हुन नसकेपछि असार १८ गतेका लागि मिति सारिएको थियो ।