
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रूप दिनका लागि आवश्यक सर्तहरूमा सहमति जनाएको बताएका छन्।
राष्ट्रपति ट्रम्पले सामाजिक संजालमा लेख्दै प्रस्तावित सम्झौताका अवधिमा सबै पक्षहरूसँग मिलेर युद्ध अन्त्य गर्न काम गर्नका लागि काम गर्ने बताएका छन् । तर ती सर्तहरू के हुन् भन्ने खुलाएका छैनन्।
शान्तिका लागि निकै मिहिनेत गरेका कतार र इजिप्टले यो अन्तिम प्रस्ताव पुर्याउनेछ हमासले यो प्रस्ताव स्वीकार गर्नेछ । किनकि यसभन्दा राम्रो सम्झौता उसले पाउने छैन अब झनै खराब हुनेछ भनी ट्रम्पले सामाजिक संजालमा लेखेका छन्।
७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमा गरिएको आक्रमण करिब १२०० मानिस मारिएका थिए त्यसपछि इजरायले गाजामा सैन्य अभियान सुरु गरेको हो। त्यसयता गाजामा कम्तीमा ५६ हजार ६४७ मानिस मारिएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हमासले युद्धविरामका सर्तहरू स्वीकार गर्छ वा गर्दैन गर्ने भन्ने तत्काल स्पष्ट भएको छैन।
ट्रम्पको यो घोषणा अर्को साता इजराली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग हुने भेटघाटभन्दा अगाडि आएको हो। जहाँ अमेरिकी राष्ट्रपति धेरै कडा रूपमा प्रस्तुत हुने बताएका छन्।
मंगलबार ट्रम्पले नेतन्याहू गाजामा शत्रुता अन्त्य गर्न चाहन्छन् भन्ने आफूलाई विश्वास लागेको बताएका छन्।
मंगलबार नै इजरालका रणनीतिक मामिलासम्बन्धी मन्त्री रोन डेरमरले अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकोफ, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भ्यान्ससँग वासिङ्टनमा भेटघाट गर्ने कार्यक्रम थियो।
संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत डेनी ड्यानोनले इजरायल निश्चित रूपमा युद्धविराम चाहेको बताएका छन् ।उनले भने, तर हमास कडा मोलमोलाई गर्दैछ।
युद्ध तब मात्र अन्त्य हुनेछ जब बन्धकहरू घर फर्किन्छन् उनले थपे।
हाल गाजामा करिब ५० जना इजरायली बन्धकहरू छन्,जसमा कम्तीमा २० जना जीवित रहेको विश्वास गरिन्छ।