
रुकुम पश्चिम, असार १८ :
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३, टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया पत्नी देविकाको हत्या गरेका छन् । उनले गए राति खुकुरी प्रहार गरेर पत्नीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि पाठकले जनाए ।