
साताको चौथो कारोबार दिन बुधबार नेप्से ३४.४२ अंकले बढेको छ । योसँगै नेप्से २,६९४.८२ अंकमा पुगेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ५.५२ अंकले बढेर ४६२.२७ अंकमा चढेको छ ।
हरियाली बनेको नेप्सेमा आज ३१७ वटा कम्पनीको ८९ हजार ४६८ पटकको कारोबारमा तीन करोड एक लाख ८२ हजार ३४१ कित्ता सेयर किनबेच भए । जसकारण कुल कारोबार रकम ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ पुग्यो । बुधबार १८२ वटा कम्पनीको सेयरको मूल्य बढ्दा ६५ वटाको घट्यो । एउटा कम्पनीको सेयर मूल्य भने यथावत् रह्यो ।
साथै नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूहका सूचक हरियाली बनेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ग्रिन डेभलेपमेन्ट बैंक लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा आईसीएफसी लिमिटेड डिबेन्चर परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड परेको छ । एनआरएन इन्फ्रास्ट्रक्चरको अन्तिम कारोबार मूल्य २,२५० रुपैयाँ कायम रह्यो ।