काठमाडौं, असार १८ :

सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएको छ ।  न्यायाधीश नृपध्वज निरौलाको इजलासले बुधबार त्रिविमा लगाएको ताला खोल्न आदेश दिएको हो ।

अधिवक्ता महेश भट्टराईको रिटमा सुनुवाइ गर्दै गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी भएको छ ।

विभिन्न समूहहरु आंशिक प्राध्यापक संघ, नेपाल विद्यार्थी संघ (नेविसंघ) को एउटा समूह र अनेरास्ववियू (क्रन्तिकारी) ले मूल ढोकामा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण त्रिविका पदाधिकारी कार्यकक्षमा जान पाएका छैनन् ।