काठमाडौं, कात्तिक १० :
चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । चितवनका लागि ओपनर डाविड मलानले ५१ बलमा सर्वाधिक ७० रनको योगदान दिएका थिए ।
विराटनगरका ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाए । लोकेश १४ बलमा २६ रन बनाएर आउट भए । शुभम रञ्जाने १० र सन्दीप लामिछाने कुनै पनि रन नजोडी आउट भए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।