
सर्वोच्च अदालतको संवैधानिक इजलासमा ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिटको फैसला सुनाइँदैछ ।
आज दिनभर न्यायाधीशहरु छलफलमै रहेका कारण फैसला ढिलाइ भएको हो । पत्रकार,सुरक्षाकर्मी र कानून व्यवसायीलाई अहिले राति अबेर इजलासमा बोलाइएको छ ।
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटको फैसला आउने भएपछि यतिबेला सबैको चासो यसमा छ ।
न्यायाधीशहरुबीच राय बाझिएका कारण फैसलामा ढिलाई भएको बताइएको छ । संवैधानिक इजलासमा सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।
खासगरी रिट खारेज गर्ने,रिट जारी गर्ने र आंशिक रिट जारी गर्ने विकल्प इजलास समक्ष रहेका छन् ।
सरकारले अध्यादेशमार्फत् कानुनमा संशोधन गरी २१ माघ २०७७ मा ३२ जना र १० असार २०७८ मा २० जना पदाधिकारी नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
त्यही सिफारिसका आधारमा संसदीय सुनुवाई बिना आयोगका ५२ पदाधिकारी नियुक्त भएका थिए ।
यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा असार १८ गतेलाई सारिएको थियो ।