शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

· मंगलबार, २६ भदौ, २०८१ मा प्रकाशित
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाण्डौँ , भदौ २६ :

राष्ट्रियसभाको बैठक आज बस्दै छ । 

दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९- ८० सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ । 

आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०- ८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार