मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
राजनीति

रामकुमारी झाँक्री भन्छिन्- स्पष्टीकरण सोधिएको छैन, भ्रमबारे स्पष्ट हुन मै सचिवालय पुगेकी हुँ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ असार, २०८२ मा प्रकाशित
रामकुमारी झाँक्री भन्छिन्- स्पष्टीकरण सोधिएको छैन, भ्रमबारे स्पष्ट हुन मै सचिवालय पुगेकी हुँ
काठमाडौं, असार १९ :

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेकी छन्।

उनले पार्टीको सचिवालय बैठकमै उपस्थित भएर भ्रम चिर्न निवेदन दिएकी बताइन्। पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाँक्रीले भनिन्, ‘मलाई कुनै स्पष्टीकरण सोधिएको छैन। केही नेताहरूले मिडियामा बोलेको मात्रै हो, आधिकारिक रूपमा केही आएको छैन।’

बुटवलमा आयोजित एक कार्यक्रमको क्रममा उनले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन्। त्यसपछि पार्टी महासचिव घनश्याम भुसालले ‘जथाभावी अभिव्यक्ति नदिन’ भन्दै ध्यानाकर्षण गराएका थिए।

झाँक्रीले भनिन्, ‘टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनें तर त्यसबारे मलाई केही पनि पठाइएको छैन।’ उनले १५ गते नै कुनै प्रतिक्रिया नदिन निर्देशन आएको स्मरण गराउँदै भनिन्, ‘त्यस निर्देशनपछि नेताहरू मिडियामा बोलिरहनुभएको छ। म पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै आएर निवेदन दिएकी हुँ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार