
साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि नेप्से बढेको छ । नेप्से आज पुन ९.१४ अंकले बढेर २,७०३.९६ अंकमा पुगेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.१९ अंकले बढेर ४६४.४६ अंकमा चढेको छ ।
नेप्सेमा आज ३११ वटा कम्पनीको ९६ हजार ४११ पटकको कारोबारमा दुई करोड ४९ लाख ७६ हजार ३३६ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ पुग्यो ।
बिहीबार १२२ वटा कम्पनीको सेयरको मूल्य बढ्दा १२५ वटाको घट्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा आठ वटाको सूचक बढेर पाँचवटाका सूचक घटे ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा नेपाल फाइनान्स लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सप्तकोसी डेभलपमेन्ट बैंक परेको छ । सप्तकोसीका लगानीकर्ताले १० प्रतिशतले सेयरमूल्य गुमाए ।
यसैगरी सबैभन्दा बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने बुटवल पावर कम्पनी परेको छ । बुटवल पावरको अन्तिम कारोबार मूल्य ७९४ रुपैयाँ कायम रह्यो ।