बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
विदेश

थाइल्यान्डको कार्यवाहक प्रधानमन्त्रीमा फुमथाम नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ असार, २०८२ मा प्रकाशित
थाइल्यान्डको कार्यवाहक प्रधानमन्त्रीमा फुमथाम नियुक्त
काठमाडौं, असार १९ :

थाइल्यान्डको कार्यवहाक प्रधानमन्त्रीमा फुमथाम वेचायाचाई नियुक्त भएका छन् । एक हप्ताभित्र उनी तेस्रो प्रधानमन्त्रीको रूपमा नियुक्त भएका हुन्। 

प्रधानमन्त्री पेटोङटार्न सिनावात्रलाई संवैधानिक अदालतले नैतिकता अनुसन्धान बाँकी रहेको भन्दै निलम्बन गरेपछि नेतृत्वमा फेरबदल भएको हो।

राजा द्वारा शपथ दिलाइएको नयाँ मन्त्रिपरिषद्ले फुमथामलाई कार्यवाहक प्रधानमन्त्रीका रूपमा अनुमोदन गरेको छ। पूर्व रक्षामन्त्री फुमथाम गृहमन्त्रीको रूपमा सपथ लिएसँगै कार्यवाहक प्रधानमन्त्री बनेका हुन्।

यसअघि उप–प्रधानमन्त्री सुरिया जुङरुङराङकिटले एक दिनका लागि प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए। पेटोङटार्नले आफूलाई संस्कृतिमन्त्री बनाएका थिए, जसले सत्ता संरचनामा उनको प्रभाव कायमै रहेको देखाउँछ।

पेटोङटार्नको निलम्बन कूटनीतिक विवादसँग जोडिएको छ। उनले कम्बोडियाका पूर्व नेता हुन सेनलाई ‘काका’ र एक थाई सेनापतिलाई ‘प्रतिद्वन्द्वी’ भनेको लिक भएको रेकर्डिङप्रति आलोचना बढेपछि अदालतले ‘नैतिकता उल्लङ्घनको शंका’ देखाएको हो।

पार्टी समर्थन गुमेपछि देशको नेतृत्वमा अन्योल देखिएको छ। विश्लेषकहरूका अनुसार थाक्सिन सिनावात्रको प्रभावशाली राजनीतिक वंश अहिले कमजोर हुँदै गएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार