शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार कला/साहित्य

चाँदनी जोशीको पुस्तक ‘वेभिङ माइ साउथ एसियन टेपेष्ट्री’ लोकार्पण

सानैमा पाल्पाबाट बाबुआमाका साथमा काठमाडौँ आएर कलेज अध्ययन गरी पद्मकन्या कलेजबाट लेक्चरर जीवनको शुरुवात गर्नुभएकी जोशीले महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा ६० वर्ष बिताउनुभएको छ ।
· शुक्रबार, २० असार, २०८२ मा प्रकाशित
चाँदनी जोशीको पुस्तक ‘वेभिङ माइ साउथ एसियन टेपेष्ट्री’ लोकार्पण
ललितपुर, असार २० :

महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा सक्रिय चाँदनी जोशीको संस्मरणात्मक पुस्तक ‘वेभिङ माइ साउथ एसियन टेपेष्ट्री’ एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

जोशीकी छोरी सृष्टि जोशी मल्ल र छोरा प्रणय जोशीले ८० वर्षमा प्रवेश गरेकी आमालाई सम्मान गर्दै उत्सव आयोजना गरी सो कृति लोकार्पण गरिएको बताउनुभयो ।

ललितपुरमा सम्पन्न विमोचन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुपति केदारभक्त माथेमा, नेपालका लागि पाकिस्तानी राजदूत एचइ अब्रार एच हासमीलगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्री भण्डारीले यो देशमा कहिल्यै केही भएन, केही गर्न सकिएन भन्ने भाष्यलाई चिर्ने नारी चाँदनी जोशी भएको उल्लेख गर्नुभयो ।

बुकहिलले प्रकाशन गरेको उक्त पुस्तक लोकार्पणमा शिक्षाविद् केदारभक्त माथेमाले आफ्नी सहपाठी जोशीको खुलेर प्रशंसा गर्नुभयो । “जीवनका  कठिन अवस्थामा निडर रही एक विद्रोही नारीको भूमिका उहाँले निर्वाह गर्नुभयो र उहाँले जीवनमा आज यो सफलता प्राप्त गर्नुभएको हो”, माथेमाले भन्नुभयो ।

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमीले नेपालमा मात्रै नभएर संसारभरका नारीका लागि चाँदनी जोशी प्रेरक रहेको बताउनुभयो ।

पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले महिला अधिकारका क्षेत्रमा उहाँको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।

मानवाधिकारकर्मी चरण प्रसाईंले चाँदनी जोशीले गरेको कार्य कुनै अधिकारको क्षेत्रमा काम गर्ने संस्थाको भन्दा उच्च रहेको भन्दै सबैलाई उहाँबाट प्रेरणा लिन आग्रह गर्नुभयो ।

सानैमा पाल्पाबाट बाबुआमाका साथमा काठमाडौँ आएर कलेज अध्ययन गरी पद्मकन्या कलेजबाट लेक्चरर जीवनको शुरुवात गर्नुभएकी जोशीले महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा ६० वर्ष बिताउनुभएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार