बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन नाउपाले फिर्ता लियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २० असार, २०८२ मा प्रकाशित
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन नाउपाले फिर्ता लियो
काठमाडौं, असार २० :

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द्रको पत्र आएपछि नाउपाले समर्थन फिर्ता लिएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार नाउपाबाट सरकारमा सहभागी उद्योगमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । त्यसैको विरोधमा समर्थन फिर्ता लिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार