
काठमाडौं, असार २० :
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द्रको पत्र आएपछि नाउपाले समर्थन फिर्ता लिएको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार नाउपाबाट सरकारमा सहभागी उद्योगमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । त्यसैको विरोधमा समर्थन फिर्ता लिएको हो ।