शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार खेलकुद फुटबल

आज नेपाल र घरेलु टोली उज्बेकिस्तानबीच निर्णायक भिडन्त हुदै

· शनिबार, २१ असार, २०८२ मा प्रकाशित
आज नेपाल र घरेलु टोली उज्बेकिस्तानबीच निर्णायक भिडन्त हुदै
काठमाडौं, असार २१ :

 एएफसी महिला एसियन कप २०२६ छनोटको अन्तिम खेलमा आज नेपाली महिला फुटबल टोलीले घरेलु टोली उज्बेकिस्तान विरुद्ध खेल्दैछ ।  

तासकन्तमा हुने  समूह चरणको अन्तिम खेलले अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्ने एक टोलीको टुंगो लगाउनेछ।

खेल नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ।

समूह ‘एफ’मा नेपाल र उज्बेकिस्तान दुवैले लाओस र श्रीलंकालाई पराजित गर्दै समान ६ अंक जोडेका छन्।  दुवै टोलीले १७–१७ गोल गरेका छन्। दुबै टोलीले कुनै गोल खाएका छैनन् ।  त्यसैले यो अन्तिम खेलको नतिजा नै निर्णायक हुनेछ।

नेपालले यदि यो खेलमा उज्बेकिस्तानलाई हराउन सफल भयो भने त्यसको प्रभाव एसियन कपसम्म सीमित हुनेछैन। महिला एसियन कप २०२६ मा एसियाका शीर्ष १२ टिमसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।

प्रदर्शनकै आधारमा फिफा महिला विश्वकप छनोट २०२७  को पहिलो चरणमा पनि स्थान बनाउने छ। ओलम्पिक २०२८ एसियाली छनोट प्रक्रियाको ढोका पनि खुल्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार