सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि #बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि
शिक्षा

एसईईका उत्तीर्ण विद्यार्थीलाई ‘अरुणिमा शैक्षिक प्रतिष्ठान’को सम्मान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ असार, २०८२ मा प्रकाशित
एसईईका उत्तीर्ण विद्यार्थीलाई ‘अरुणिमा शैक्षिक प्रतिष्ठान’को सम्मान
काठमाडौं, असार २२ :

काठमाडौं बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८१ सालको एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।

समारोहका प्रमुख अतिथि वरिष्ठ इन्जिनियर सुरेशकुमार पुडासैनीले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न संस्था सञ्चालक, शिक्षक-कर्मचारी, विद्यार्थी तथा अभिभावक सबैको विशेष भूमिका रहने बताए ।

विद्यार्थीहरूलाई भविष्यमा उचित विषय छनोट गरी अध्ययन गर्न परामर्श दिँदै पुडासैनीले शैक्षिक क्षेत्रको विकासबाट मात्र मुलुकको समृद्धि सम्भव भएको धारणा राखे । प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले विद्यार्थीहरूको परीक्षाफल विश्लेषण गर्नुका साथै प्रतिष्ठानका समग्र शैक्षिक कार्यक्रमबारे प्रकाश पारेका थिए ।

प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाले गुणस्तरीय शिक्षाका सवालमा प्रतिष्ठानले कसैसँग पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाए । अरुणिमा कलेजका प्रमुख केशवप्रसाद जोशीले कक्षा ११ र १२ मा अध्ययन गर्न उचित विषय तथा गुणस्तरीय विद्यालय छनोटमा चनाखो रहन सुझाए ।

अरुणिमा मावि बौद्धका ११६, नव अरुणिमा मावि आरुबारीका ३७ र अरुणिमा शिक्षा सदन मावि महाङ्कालका ३६ विद्यार्थी गरी जम्मा १८९ विद्यार्थीहरु समारोहमा अभिनन्दित भएका थिए । उच्चतम् जीपीए प्राप्त गर्ने विद्यार्थी युनिशा चौलागाईं, स्मृति तिमिल्सिना , सभ्यता श्रेष्ठ  र प्रतिष्ठा कोइरालालाई नगद पुरस्कारसहित विशेष अभिनन्दन गरिएको थियो ।

समारोहमा अरुणिमा मावि बौद्धका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मी, नव अरुणिमाका अध्यक्ष गोपालप्रसाद बराल, अरुणिमा शिक्षा सदनका अध्यक्ष बटुप्रसाद न्यौपाने, अरुणिमा अलुम्नाईका अध्यक्ष जितेन्द्र श्रेष्ठलगायतले एसईई उत्तीर्णहरूलाई बधाई दिँदै आगामी दिनमा पनि शैक्षिक सफलताका लागि शुभकामना दिए ।

सोही समारोहमा पत्रकारितामा विशेष योगदान पुर्‍याएका पत्रकार तथा सर्जक निर्मल अर्याललाई अभिनन्दन गरिएको थियो ।  विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अतिथिहरू गरी ६ सयभन्दा बढीको सहभागिता रहेको समारोहमा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार