वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त
सोमबार, २३ असार, २०८२ मा
प्रकाशित
काठमाडौं, असार २३ :
राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद् सदस्यमा नियुक्त भएका छन् ।
आज उहाँले प्रधानमन्त्रीको सिफारिसमा भोजपुरको भोजपुर नगरपालिका–८ का नेपाललाई परिषद् सदस्यमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरिएको जानकारी दिएका हुन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।