रसुवा, असार २४ :

रसुवास्थित नेपाल-चीन जोड्ने मितेरी पुल  बाढीले बगाएको छ ।

केरुङ र लेन्देखोलामा आएको बाढीले  रसुवागढी जलविद्युत आयोजनाको  संरचनामा पनि क्षति पुगेको बताईएको छ । यसैगरी बाढीले रसुवाको टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुर्याएको छ ।

आज बिहान करिब तीन बजेतिर आएको बाढीले  चीनबाट ल्याईएका सयौं इभी गाडीहरु बगाएको अनुमान गरिएको छ ।

रसुवा र नुवाकोटको माथिल्लो क्षेत्रमा अहिले पनि भारी बर्षा भईरहेकोले त्रिशुली नदी किनारमा रहेका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङ,नुवाकोट र रसुवाले अनुरोध गरेको छ ।